
काभ्रे । धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोक ब्याञ्जु विजयी हुनुभएको छ ।
स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै ब्याञ्जु मेयरमा निर्वाचित हुनुभएको हो ।
ब्यान्जुले ८ हजार ३ सय ४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बस्नेतले ७ हजार ४ सय ९ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा भने नेपाली कांग्रेसका निराजन जंगम विजयी हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी लालतारा अधिकारीलाई १२० मतले पराजित गर्दै जंगम निर्वाचित हुनुभएको हो । कांग्रेसका जंगमले ७ हजार ९ सय १० मत प्राप्त गर्नुभयो भने अधिकारिले ७ हजार ७ सय ९० मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्