
काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको भएको छ ।
कलैया उपमहानगरपालिकाको मेयरमा विनोद साह र उपमेयर रौशन परविन विजयी हुनुभएको छ ।
साहले २४ हजार १३९ मत प्राप्त गरि विजयी हुँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेशराय यादवले १८ हजार ५४० मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का प्रमोद गुप्ताले १८ हजार ३०२ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्