
काठमाडौं । काठमाडौं महानगरपालिका वडा न. २९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
काठमाडौं महानगरपालिका २९ मा नेपाली कांग्रेसकाबाट कुश ढकालसहितको प्यानल विजयी भएको छ ।
ढकालले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजय हुनुभएको हो । ढकालले १ हजार ९ सय २१ मत प्राप्त गर्दा राजवंशीले १ हजार ८७१ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल विजयी भएका छन् । महिला सदस्यतर्फ कांग्रेसको रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी विजयी भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।
हाल कामपा वडा नं १, २, ३ ,४ ५, २८, २९, ३० र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ६, ७, ८, ९, १०, २५, २६, र ३१ के मत गणना कार्य जारी छ ।
अहिले कामपामा ७४ हजार ७ सय ५१ मत गणना कार्य सकिएको छ । कामपामा कूल मतदाता ३ लाख २ सय ४२ रहेकामा जम्मा ६३.४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्