१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यौन हिंसा भएको भिडियोबारे छानविन गर्न समिति गठन


0
Shares

काठमाडौं । सामाजिक सञ्जालमा एक युवतीमाथी यौनजन्य हिंसा सम्बन्धि भिडियो सार्वजनिक भएको विषयमा प्रहरीले छानविन समिति गठन गरेको गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै सो विषयमा प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरको अध्यक्षतामा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा युवती यौन शोषणा परेको ८ वर्षअघिको घटना अनुसन्धान गर्न सरकारले छानविन समिति बनाएको हो ।

समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।

पीडित युवतीको हिंसा सम्बन्धी भिडियोबारे ध्यानाकर्षण जनाउँदै गृहमन्त्री बालकृष्ण खाणले भिडियोबारे अनुसन्धान गरि आवश्यक कारवाही गर्न प्रहरीलाई निर्देशन दिनुभएको थियो ।