
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुग्नुभएकाे छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज (शनिबार) बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९ सय ९७ मतको अग्रता लिनुभएकाे छ । ६३ हजार ७ सय १५ मत खसेको धनगढीमा ५१ हजार ६५ मत गणना गर्दा गाेपाल हमालले २२ हजार ५ सय ४१ मत प्राप्त गर्नुभएकाे छ ।
सत्ता गठबन्धनका मेयरका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मतसहित हमाललाई पछ्याई रहनु भएकाे छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभएकाे छ ।
त्यस्तै, साेही उपमहानगरपालिकामा उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई नेकपा एमालेकी कन्दकला रानाले उछिन्नुभएकाे छ । रानाले १० हजार ८ सय ८० र अधिकारीले १० हजार ७ सय २ मत प्राप्त गर्नुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्