
काभ्रे । पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेलले फराकिलो अग्रता लिनुभएको छ ।
वडा नम्बर १ देखि ८ सम्मको मतगणना सकिँदा खरेलले ८ हजार ३ सय ३२ मत प्राप्त गर्नुभएको छ उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले ४ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ । मेयरमा ३ हजार ७ सय ४३ मतान्तर छ ।
यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार चेतप्रसाद गौतमले ६ हजार ६० मत ल्याउनुभएको छ भने निकटतम प्रतिस्पर्धी एमालेकी सुर्यमाया दनुवारले ५ हजार ३ सय ५६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा ७ सय ४ मतको फरक छ ।
अहिले पाँचखाल नगरपालिका वडा नम्बर ९ को मतगणना भइरहेको छ । १३ वटा वडा रहेको पाँचखालमा ८ वटा वडाको मतगणना सकिँदा कांग्रेसले ५, नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले १÷१ वडा जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्