१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा महानगरमा ५८ हजार १ सय ६७ मत गन्न बाँकी, आचार्यद्वारा ३३ सयको अग्रता


767
Shares

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)ले फराकिलो अग्रता बनानुभएको छ ।

८५ हजार १ सय ५७ मत गणना गर्दा गठबन्धनका उमेदवार धनराज आचार्यले ३४ हजार ३ सय ३६ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ३० हजार ९ सय ४९ मत ल्याउनुभएको छ ।

यस्तै, राप्रपाका शंकर खनालले ३ हजार ८ सय ३५ मत पाउँदा स्वतन्त्र उम्मेदवार गनेश पौडेलले २ हजार ३ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

उप–मेयरमा भने एमालेकी मञ्जु गुरुङले ३५ हजार तीन सय १२ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३४ हजार ८ सय ४७ मत ल्याउनुभएको छ ।

राप्रपाकी रञ्जना सेनले ३ हजार ७ सय ३६ मत मात्र पाउनभुएको छ ।

अब पोखरा महानगरमा ५८ हजार १ सय ६७ मत गन्न बाँकी छ । महानगरका १८ वटा वडामा कांग्रेसले १३ वटा र एमाले ५ वडामा विजयी भएका छन् ।

२०७४ निर्वाचनमा ११ वटामा मात्र सीमित कांग्रेसले यसपटक थप वडा आफ्नो पक्षमा ल्याउने देखिएको छ । एमालेले आफ्नो वर्चश्व कायम राख्न नसक्ने देखिएको छ ।

कांग्रेसले महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५, २६, १४, २८ वडामा विजयी भहुँदा एमाले १, ५, ६, ८, २० नम्बर वडामा विजयी भएको छ ।

अहिले १०, ११, १५, १६, १७, २८, २९ र ३० को मतगणना जारी छ । ३१, ३२ र ३३ नम्बर वडामा मतगणना हुन बाँकी छन् ।