१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धरानमा किरात राईहरूद्वारा साकेला सिली प्रदर्शन


689
Shares

सुनसरी । जिल्लाको धरान उपमहानगरपालिकाको भानुचोकमा किरात राईहरूले भब्य साकेला सिली प्रदर्शन गरेका छन् ।

प्रकृतिपुजक किरात राईहरूले उभौलीको अवसरमा पितृको पूजा गर्दै साकेला सिली प्रदर्शन गरेका हुन् ।

साकेलालाई महान चाडका रूपमा मानाउँदै आएका किरात राईहरूले आफन्त भेला हुने गर्छन् ।

साकेलाको अवसरमा पितृको सम्झना गर्दै भलबाढी नआओस्, अन्नबाली सप्रियोस्, प्राकृतिक प्रकोप नआओस् भनी कामना गर्ने गरेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राइले जानकारी दिनुभयो ।

साकेला प्रदर्शनीमा भेला भएका किरात राईहरूले प्रदेश–१ को नाम किरात राख्न माग गरेका छन् ।