१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विराटनगरमा २४ प्रतिशत मत बदर


208
Shares

काठमाडौं । २०७४ सालको स्थानीय निर्वाचनमा २४ प्रतिशत मत बदर भएको विराटनगर महानगरपालिकामा यस पटक उक्त प्रतिशत झनै बढेको छ ।

यस पटकको निर्वाचनमा विराटनगरमा प्रमुख पदमा लगभग २४ प्रतिशत मत बदर हुँदा उपप्रमुख पदमा भने ३८ प्रतिशत मत बदर भएको छ ।

यसपटक उपप्रमुखमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु र जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेदवारी नहुनेलाई प्रमुख कारण मानिएको छ ।

प्रमुख पदमा सदर मत ६८ हजार ३६ रहेको छ भने उपप्रमुखमा सदर मत ५५ हजार २ सय २९ रहेको छ ।

यस्तै प्रमुख पदमा बदर मत मात्रै २१ हजार ३ सय ५८ रहेको छ भने उपप्रमुखमा ३४ हजार १ सय ६७ मत बदर भएको छ । सबैभन्दा बढी प्रमुख तथा उपप्रमुखमा बदर भएको मत वडा नम्बर ६ मा छ ।

वडा नम्बर ६ मा मात्रै उपप्रमुखमा ३ हजार ८ सय ७ मत बदर भएको छ भने प्रमुखमा १ हजार ९ सय ६५ मत बदर भएको छ । सबैभन्दा कम बदर भएको वडा भनेको ७ नम्बर वडा हो ।

यस वडामा प्रमुखमा ३ सय ९८ र उपप्रमुखमा ९७८ मत बदर भएको छ ।