
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ ।
हालसम्म ९० हजार ३ सय ८ मत गणना हुँदा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी दाहालले एमाले–राप्रपा गठबन्धनका उम्मेदवारलाई ७ हजार ५६५ मतले पछि पार्नुभएको छ ।
रेनुले ३५ हजार ४६० मत पाउँनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८९५ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवारी दिनु भएका जगन्नाथ पौडेलले ११ हजार ८९७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, सत्ता गठबन्धनको तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३७ हजार ६२४ मत प्राप्त गर्नुभएको छ । उहाँले राप्रपाकी उपप्रमुख उम्मेदवार हिमला गुरुङलाई १५ हजारभन्दा बढी मत अन्तरले पछाडि पार्नुभएको हो । गुरुङले २२ हजार ५६ सय मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्