
काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आइतबार बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ भने पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् ।
कैलालीको कुचौनि स्थित पूर्व पश्चिम राजमार्गमा से १ त ६८२७ नम्बरको ट्याक्टरले सुदुरपश्चिम प्रदेश ०१–००८–प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया सबिता कडेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएकी सोहि ठाउँ बस्ने २५ वर्षीया जमुना सिहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाईएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्