
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले सपथ लिएर कार्यभार सम्हालेका छन् ।
नगर प्रमुख विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले सपथ गराउनुभयो ।
सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई, २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । कार्यभार सम्हाले लगत्तै उहाँले सामाजिक भत्ता वडा कार्यालयबाटै बैकिंग प्रणालीमार्फत् उपलब्ध गराउने, अपाङ्गतामैत्री कार्यालय भवन बनाउने, दैनिक निस्कने फोहर वर्गीकरण गरी नगरपालिकाबाट खटिने सरसफाईकर्मीलाई उपलब्ध गराउन प्रेरित गर्ने रहेका छन् ।
त्यसैगरी प्रावि तहमा स्थानीय भाषामा पठनपाठनको सुरुवात गर्न स्थानीय पाठ्यक्रम निर्माण गरि कार्यान्वयन र नगरभित्रका सम्पूर्ण नाला तथा ढलहरुको सरसफाई कार्यलाई तत्कालै कार्यान्वयनमा ल्याइने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्