
पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपमेयरमा मन्जु गुरुङ जितनजिक पुगेका छन् ।
१ लाख २५ हजार ५ सय २० मत गणनामा गर्दा आचार्य ४ हजार २९ मत र मन्जु ३ हजार ५ सय ७७ मतले अगाडि हुनुहुन्छ । उहाँले अहिलेसम्म ५० हजार ६ सय १२ मत ल्याउनुभएको छ भने नेकपा (एमाले)का कृष्ण थापाले ४६ हजार ५ सय ८३ मत प्राप्त गर्नुभएको छ ।
१ लाख ४३ हजार २ सय २६ मत खसेकोमा १७ हजार ८०६ मत गणना गर्न बाँकी छ । पोखराको वडा नम्बर १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को अन्तिम नतिजा आउन बाँकी छ ।
यी वडाहरूको प्रारम्भिक नतिजा अनुसार वडा नम्बर २१ र २२ मा बाहेक आचार्यले नै अग्रता लिनुभएको छ । पोखरा वडा नम्बर १७, १९ र २१ थापालाई धेरै नै मत आउने अपेक्षा एमालेले गरे पनि आचार्यले नै पछि पार्नुभएको छ ।
एमालेको गढका रूपमा मानिएका वडा नम्बर ५, २४, २५ र २६ मा पनि थापालाई उत्साहजनक मत आएन । त्यसैले गणना भइरहेका वडाहरूको बाँकी मत गणनामा पनि थापालाई ह्वात्तै मत आउने सम्भावना कम छ ।
मेयर पदमा राप्रपाका शंकर खनालले ५ हजार ३ सय १७३ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेश पौडेलले २ हजार ८ सय ६४ मत प्राप्त गर्नुभएको छ । पोखरा महानगरपालिको मेयर पदका लागि २२ जनाले उम्मेदवारी दिएकोमा चार जनाले भन्दा अन्य उम्मेदवारले ५ सय मत पनि ल्याउन सकेका छैनन् ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ पनि जिततर्फ उन्मुख हुनुभएको छ । उहाँले कांग्रेस उम्मेदवार कोपिला रानाभाटसँगको मतान्तर बढाउँदै लग्नुभएको छ ।
गुरुङले ५३ हजार १ सय ७३मत प्राप्त गरेर अग्रता जारी राख्नुभएको छ । उहाँलाई कांग्रेसकी रानाभाटले ४९ हजार ५ सय ८६ मत ल्याएर पछ्याइरहनुभएको छ । मन्जु ३ हजार ५सय ७७ मतले मतले अगाडी हुनुहुन्छ ।
अहिले गणना भइरहेका वडामा उपमेयरमा रानाभाटले वडा नम्बर ३२ र ३३ मा बाहेक अग्रता लिन सक्नुभएको छैन । अहिले गणना भएका सबै वडाहरू एमालेको बढि मत आउने वडा भएका कारण पनि रानाभाटले अग्रता लिने कुनै सम्भावना छैन । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ५ हजार ३ सय १८ मत प्राप्त गरेकी छन् ।
उपमयेरमा ८ जनाले उम्मेदवारी दिएकोमा अन्य ५ जनाले ३ सय मत पनि कटाउन सकेका छैनन् । अहिलेसम्म पोखराको २५ वटा वडाको नतिजा आएको छ । जसमा नेपाली काग्रेसले १८ वटा र नेकपा एमालले ७ वटा वडामा जित हासिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्