
काठमाण्डौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवामा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीको नाम एआईजीका लागि १ नम्बरमा सिफारिस गरिएको छ । त्यसैगरी प्रहरी नायव महानिरीक्षकहरु अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिको निर्णयलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि उनीहरु प्रहरी अतिरिक्त महानिरीक्षक बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्