१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा बालेनलाई १८ हजार बढी मतको अग्रता, ४६ हजार २१ मत प्राप्त


2.587k
Shares

काठमाडौं । काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजारभन्दा बढी मतको अग्रता लिनुभएको छ ।

शाहले ४६ हजार २१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७ हजार ४८३ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २६ हजार ५१९ मत पाउनुभएको छ ।

मुलुकका ६ वटा महानगरपालिकामध्ये अब ५ वटा महानगरको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । अहिले काठमाडौं, ललितपुर, भरतपुर, पोखरा र विरगन्ज महानगरपालिकाको मतगणना भइरहेको छ ।