१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्यटन क्षेत्रमा सन्तोषजनक सुधार हुँदै : रेग्मी


65
Shares

काठमाडौं । कोरोनाका कारण थला परेको नेपालको पर्यटन क्षेत्र पछिल्लो समय चलायमान बन्दै गएको छ ।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका सदस्य एवं नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च भिटोफको नयाँ कार्य समितिको स्वागत कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले कोरोनाका कारण शून्यमा पुगेको पर्यटन क्षेत्रमा सन्तोषजनक सुधार हुँदै आएको बताउनुभएको हो ।

अघिल्ला महिना मार्च र अप्रिललाई हेर्ने हो भने छिमेकी मुलुक भारत र बंगलादेशबाट आउने पर्यटकहरूको संख्यामा उल्लेख्य सुधार भई १ सय ६२ प्रतिशत सम्मले वृद्धि भएको प्रमुख डा. रेग्मीले बताउनुभयो ।

अहिलेको आवश्यकता बोर्डर टुरिजम प्रर्वद्धनमा केन्द्रित हुनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । पछिल्ला दुई महिनामा युरोपबाट ५२ प्रतिशत र अमेरिकाबाट करिब ८० प्रतिशतका दरले पर्यटक आउनुले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किदै गएको संकेत दिएको डा. रेग्मीले बताउनुभयो ।

बोर्डले यसअघि आन्तरिक पर्यटन प्रर्वद्धनका लागि धनघडी, नेपालगञ्ज र धरानमा ट्राभल मार्ट गरेको छ । यस्तै कोरोनाकोे संक्रमणकालिन अवस्थामा यूएनडीपी र स्थानीय तहसँगको सहकार्यमा पर्यटन प्रर्वद्धन सम्बन्धी १ सय २४ वटा कार्यक्रम भएको पनि कार्यक्रममा जानकारी दिएको छ ।