१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पीडितलाई न्याय दिन हदम्यादको कुनै अर्थ हुँदैन : पुष्पा भुसाल


325
Shares

काठमाडौं । नेपाली कांग्रेस सांसद पुष्पा भुसालले यौन हिंसाका घटनाका पीडितलाई न्याय दिन हदम्यादको कुनै अर्थ नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भुसालले यौन हिंसा गम्भिर मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै त्यस्ता घटनाका पीडितलाई न्याय दिन हदम्यादको कुनै अर्थ नहुने बताउनुभयो ।

उहाँले हदम्याद सकिएपछि अपराधिहरुले फेरि पनि दोहो¥याएर अपराध गर्न सक्ने औंल्याउँदै यसमा हदम्याद राखिरहन जरुरी नरहेको तर्क गर्नुभयो । हदम्याद राखिए त्यसले पीडकलाई नै प्रोत्साहित गर्ने भएकाले त्यस्ता खालको कानुनी व्यवस्था आवश्यक नरहेको सांसद भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो मानवता विरुद्धको गम्भिर अपराध नै हो । यसबारे यही रुपमा डिफाईन गर्नुपर्‍यो पहिला । रेप केसमा हदम्याद भन्ने वित्तिकै के हुन्छ भने–समय सकियो भने पनि अपराधिले फेरी अपराध गर्छ । एक वर्षको हदम्याद सकिने वित्तिकै उसले फेरी अपराध दोहोर्‍याउन सक्छ । हदम्याद राख्दा हुने नकारात्मक कुरा हो यो । अपराध गरेको कुरा प्रमाणित हुन्छ भने त्यसमा हदम्यादका कुनै ठाउँ नै हुँदैन । पीडितले सहज र सरल ढंगले न्याय पाउनुपर्छ । हदम्याद कट्यो भनेर न्याय दिन पाउन्न भनेर भन्न पाईदैन, मानवताविरुद्धको गम्भिर अपराधको यस्ता घटनामा । दोस्रो, अपराधीले हदम्याद दिनेवित्तिकै उसले फेरी अपराध गर्दै जान्छ भनेपछि हदम्यादको कारणले उसले अरु अपराध गर्दै जान्छ । पीडकलाई प्रोत्साहित गर्ने भएकाले यस्ता अपराधिक घटनामा हदम्याद राख्न आवश्यक छैन । पीडितले प्रमाण दिए जहिले पनि पीडकलाई कारबाही हुन्छ ।’