
web pic
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ कार्की छापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भेडेटारबाट धनकुटातर्फ जाँदै गरेको ३४ प ११८५ को मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुमको छथरगाउँपालिका ५ बस्ने २२ वर्षकी कौशीला चेम्जोङ्गको मृत्यु भएको हो ।
चेम्जोङ्गको उपचारको क्रममा विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा मुत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । मोटरसाइकल चालक सामान्य घाईते भएका छन् । मोटरसाइकलमा चालक कौशिलाका श्रीमान रामकुमार लिम्बुलाई समेत घाईते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्