७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कोका-कोलाको सहकार्यमा चार हिमाल सरसफाई अभियान


117
Shares

काठमाडौं । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको जनाएको छ ।

प्रमुख कर्पोरेट साझेदारको रुपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले सहकार्य गरेका छन् । यस अभियानमा नेपाली सेना र शेर्पा गरी जम्मा ७७ जना सहभागी छन् ।

वार्षिक ११ सय आरोही आउने ८ हजार मिटर बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठुलो मात्रामा फोहोर पनि भित्रिन्छन्, जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौती बन्दै आएको छ ।

यहि समस्या समाधान गर्न गत अघिल्लो महिनाबाट हिमाल सरसफाई अभियान शुरु गरिएको थियो । जसमा अहिलेसम्म ४ वटा हिम–शृंखलाहरुबाट २९ हजार ९९८ के जी फोहोर संकलन भइसकेको अभियानले जनाएको छ ।