
दाङ । दाङको तुलसीपुरमा सुन भनि ईट्टालाई झुक्याउन खोजेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुको साथबाट जेब्रा झोलाभित्र लुकाई राखेको दुई वटा ईट्टा र सुन जस्तो देखिने धातुको टुक्रा १ थान बरामद गरेको प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका बस्ने २६ वर्षीय राजकुमार बुढा, सोहि ठाउँ बस्ने २४ वर्षीय प्रकाश खड्का, दार्चुला ब्यास गाउँपालिका २ बस्ने २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् ।
यस्तै, सल्यानको शारदा नगरपालिका १ बस्ने ४९ वर्षीया सावित्रा बुढाथोकी र सोहि जिल्ला कुमाख गाउँपालिका १ बस्ने ३० वर्षिया गीता बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
आइतबार राति ९ बजे तुलसीपुर उपमहानगरपालिका ६ स्थित एकान्त होटलमा अवैध सुन बिक्री बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्