
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्ले–अफ् खेलहरु आज मंगलबारबाट हुने छन् ।
मंगलबार हुने पहिलो क्वालिफायरमा गुजरात टाइटान्स र राजस्थान रोयल्स भिड्नेछन् ।
यो खेल कोलकाताको इडन गार्डेनमा नेपाली सयम अनुसार मंगलबार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।
लिग चरणमा शिर्ष स्थानमा रहेको गुजरात र दोस्रो स्थानमा रहेको राजस्थानबीचको विजेता फाइनलमा प्रवेश गर्नेछ ।
मंगलबार पराजित हुने टोलीले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । दोस्रो क्वालिफायरमा उसको भिडन्त लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरमध्ये एक टोलीसँग हुनेछ ।
लिग चरणमा तेस्रो र चाथो स्थान लिएका लखनउ र बैंगलोरले बुधबार एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले मंगलबारको खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान आइपिएलमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्