
इलाम । इलाम नगरपालिकाका नवनिर्वाचित मेयर केदार थापाले सोमबार पदभार ग्रहण गर्नुभएको छ । मेयर थापाले पदभार ग्रहण गर्दै ९ वटा निर्णयहरु कार्यन्वयन गर्ने पहिलो प्रतिवद्धता जनाउनुभएको छ ।
पहिलो निर्णय नगरपालिका भित्र रहेका कडा रोगका बिरामी तथा दिर्घ रोगी र असाहय बिपन्न परिवारका बिरामीलाई सहयोगका लागि स्वास्थ उपचार कोष खडा गर्ने, नगरपालिकाबाट अशुल भईरहेको सम्पत्ति कर र मालपोतको प्रचलित दरमा १० प्रतिशत छुट गर्ने, ब्यबसाय कर अन्तर्गत होटलमा १० प्रतिशत र अन्यमा ५ प्रतिशत छुट गर्ने कार्यसुची रहेको छ । यस्तै, नगरमा २४ घण्टे नगरपालिका स्वास्थ हेल्प डेक्स सन्चालन गर्ने लगायत विभिन्न प्रतिवद्धता सहितको निर्णय गर्नुभएको छ ।
उहाँले नगरपालिका कार्यालय र वडाहरुमार्फत नागरिकले पाउने हरेक सुविधा चुस्तदुरुस्त र सुशासन प्रदान गर्न कर्मचारीहरु र निर्वाचित जनप्रतिनिधिहरुसँग अन्तरक्रिया समेत गर्नुभएको छ ।
निर्वाचित भइसकेका सबै जनप्रतिनिधि जनताका साझा अभिभावक भएकाले शासक होइन सेवक भएर काम गर्नु पर्नेमा जोड दिंदै निर्वाचनमा खट्नु भएका निर्वाचन कार्यालयका सम्पूर्ण टिम, आम मतदाता लगायत सबै कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभयो । मेयर थापाले आम नागरिक, बुद्धिजीवी र वौदिक व्यक्तित्वको राय, सुझाव र सल्लाहलाई आत्मसाथ गरि जनताले अपेक्षा गरे अनुसारको समुन्नत र समृद्ध इलाम निर्माणलाई प्रथामिकतामा राखिने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै, नगरपालिकाका नवनिर्वाचित अन्य जनप्रतिनिधिले समेत पदभार ग्रहण गरेका छन् । नगर प्रमुख केदार थापाले सोमवार नै निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएसंगै उनीहरुले पदभार ग्रहणसँगै कार्य भार सम्हालेका हुन् । नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखमा निर्वाचित थापाले उपमेयर बिष्णु कुमारी दाहाल लिम्बु सहित १२ वटा वडाका वडाध्यक्षसहित सदस्य, महिला सदस्य र दलित महिला सदस्यलाई सपथ ग्रहण गराउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्