
web pic
काठमाडौं । सिराहाको गोलबजार नगरपालिका–६ लभटोलीमा सोमबार साँझ ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।
प्रदेश २–०१–००१–त ०६७५ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १६ वर्षीय रामरिजन सदायको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा गोलबजारस्थित लौङ लाईफ अस्पतालमा मृत्यु भएको हो ।
ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्