६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विगतका अधुरा काम पूरा गर्ने नवनिर्वाचित मेयर रेणुको प्रतिबद्धता


234
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएकी रेणु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताउनुभएको छ ।

आज (मंगलबार) भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले भरतपुरलाई नमुना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने नवनिर्वाचित मेयर दाहालको भनाइ छ ।

आफूले विगतमा गरेको कामको अनुमोदन भरतपुर महानगरवासीले गरिदिएको भन्दै उहाँले योगदानमा कमी आउन नदिई निराश नबनाउने बताउनुभयो । गठबन्धन भित्रै चुनौती भएतापनि भरतपुरमा गठबन्धनमा रहेका दलहरू इमान्दार देखिएको उहाँको तर्क छ। उहाँले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने पनि बताउनुभयो ।

साथै भरतपुरमा नेपाली कांग्रेसबाट उपमेयरमा विजयी हुनुभएका चित्रसेन अधिकारीले निर्वाचन जित्न चुनौतीको विषय स्वभाविक भएको बताउनुभयो। भरतपुर महानगरको चौतर्फी विकासको लागि साेही नगरपालिकाकाे उपमेयरकाे रुपमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएकाे छ ।