
एजेन्सी । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या फेरि बढ्न लागेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा २ हजार २२ जनामा कोरोना संक्रमण देखिँदा ४६ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ३२ रहेको छ ।
यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो । मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने समग्र दर ९८.७५ प्रतिशत छ ।
भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्