१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना नियन्त्रणमा सरकारले हरसंभव प्रयास गरेको राष्ट्रपतिको भनाई


91
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कोरोना महामारी नियन्त्रणमा हरसम्भव प्रयास गरेको बताउनु भएको छ ।

संघीय संसदमा मंगलबार सरकारको आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोरोना नियन्त्रणमा संघीय,प्रदेश र स्थानीय सरकारले हरसम्भव काम गरेका उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले अहिलेसम्म लक्षित जनसंखयाको ९६ प्रतिशतलाई कोरोना विरुद्वको पहिलो मात्राको खोप र ८५ प्रतिशतलाई पूर्ण मात्रामा खोप लगाइएको बताउनु भयो । उहाँले करिब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइसकिएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले तीन तहका सरकारले स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन र जनशक्ति व्यवस्थापनमा काम गरेका पनि बताउनुभयो ।राष्ट्रपति भण्डारीले अमेरिकी सहयोग संझौता (एमसीसी) संसद्बाट अनुमोदन भएपछि विद्युत प्रशारण लाइन र सडक निर्माणको काम सुरु भएको पनि उल्लेख गर्नुभयो ।