
काठमाडौं । आउँदो शनिवार भारतीय अभिनेता सलमान खान सहभागी हुने भनिएको सांगितिक कार्यक्रम स्थगित भएको छ ।
काठमाडौं स्थित दशरथ रंगशालामा हुने भनिएको सांगीतिक कार्यक्रम स्थानीय तह निर्वाचनका कारण टिकट विक्रीमा प्रभाव परेपछि स्थगन गरिएको आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिले जनाएको छ ।
कार्यक्रमका लागि आयोजक नेपाली पक्षले तयारी अघि बढाएपनि स्थानीय तह निर्वाचन लगायत अन्य कारणले टिकट बिक्री नभएपछि कार्यक्रम स्थगित भएको हो । सलमान सहित धेरै बलिउड कलाकारहरु नेपाल आउन लागेका थिए । स्थगित कार्यक्रम भारतीय कलाकारहरुसँग छलफल गरेर अर्काे मिति तय गरेर आयोजना गरिने आयोजकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्