
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रमलाई सपनाविहीन भएको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले कुनै पनि सपना नभएको बताउनुभयो ।
देशमा आर्थिक संकटले घेरिएको बेलामा जनतालाई आशा देखाउने र सपना देखाउने किसिमको नीति तथा कार्यक्रम हुनुपर्नेमा त्यस्तो नभएको उहाँको भनाइ छ ।
उहाँले नीति तथा कार्यक्रमलाई परम्परावादी भएको भन्दै नयाँ विषयहरु थप गर्न नसकेको टिप्पणी गर्नुभयो । साथै उहाँले अहिलेको सरकार जति लामो समय रह्यो राष्ट्रिय अर्थतन्त्रको लागि उत्तिकै घातक रहेको दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्