
फाइल तस्बिर
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क उपचार पाउने भएको छन् ।
मंगलबार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएको हो ।
उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ ।
यस्तै, उनीहरुलाई औषधिमा समेत ५ प्रतिशत सहुलियन दिने सम्झौता भएको निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस्