८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बारामा एमाले बन्याे पहिलो पार्टी


2.145k
Shares

बारा । बारा जिल्लामा यस पटक नेकपा एमालेले पाँच वटा स्थानीय तह जित्दै पहिलो पार्टी बनेको छ ।

जिल्लामा रहेका १६ पालिका मध्ये एमालेले पाँच, नेपाली कांग्रेसले चार, जनता समाजवादीले तीन, लोकतान्त्रिक समाजवादीले दुई, माओवादी केन्द्र र विवेकशील साझाले एक एक पालिका मेयर पद जितेका छन् । सत्ता गठबन्धन विरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको एमालेले कलैया र निजगढ नगरपालिकाको दुवै पदमा जितेको छ भने पचरौता, प्रसौनी, र परवानीपुर गाउँपालिका मेयर पद जित्दै एमाले बारामा पहिलो पार्टी बनेको हो ।

पार्टीको पोलिटब्यूरो सदस्यदेखि प्रदेश र जिल्ला ईन्चार्ज समेत रहेकोे र एमालेको विरासत बोकेको कोहल्बी नगरपालिका भने गुमाएको छ । अर्को एमाले गढ मानिने जितपुर सिमराको मेयर पदमा पनि नराम्ररी पराजित भएको छ । अघिल्लो निर्वाचनमा मधेशवादी दलले कब्जा जमाएका बाराका मधेशी बाहुल्य रहेका चार वटा तहमा एमालेले बहुमत सिटसहित जित हासिल गरेको छ ।

नेकपा एमालेको मधेश प्रदेशका सह ईन्चार्ज ज्वाला साहले दलका नेता कार्यकर्ताको मेहनतकै कारण एमाले एक्लैले गठबन्धन भत्काएर बारा जिल्लामा पहिलो पार्टी बनेको बताउनुभएकाे छ।