
झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित धरमपुरमा बसको ठक्करबाट प्रहरी जवान सहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान प्रकाश राई र भोजपुरको षडानन्द नगरपालिका निवासी २६ वर्षीय जितुहाङ्ग राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
भिसेरा रिपोर्ट लिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जाँदै गरेका उनलाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत धरमपुरमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रुवाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोरङको पथरी शनिश्चरे घर भएका २८ वर्षीय राई प्र १–०२–४० प ४१४९ नम्बरको मोटरसाइकलमा सवार रहेको र उनीसँगै पछाडि जितुहाङ्गको समेत दुर्घटनामा परी निधन भएको बताइएको छ ।
जितुहाङ्ग हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको रुपमा कार्यरत रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्