२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुपाल्चोकमा एम्बुलेन्स पल्टिँदा एकको मृत्यु


130
Shares

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ दुई किलोमा बुधबार राति एम्बुलेन्स अनियन्त्रति भई सडक छेउमा रहेको कटेजमा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

दोलखाबाट काठमाडौं आउदै गरेको बा २० च ६३२७ नम्बरको एम्बुलेन्स पल्टिँदा कटेजमा निदाईरहेकी अन्दाजी ७९ वर्षीया मनमाया खड्काको मृत्यु भएको हो ।

प्रहरीका निदाएकै स्थानमा एम्बुलेन्सले च्याप्दा गम्भीर घाइते भएकी खड्काको उपचारको क्रममा बाह्रबिसे स्थित किष्टोन अस्पतालमा मृत्यु भएको हो ।

एम्बुलेन्स चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी लामोसाँघु सिन्धुपाल्चोकले जनाएको छ ।