
हेटौंडा । हेटौंडामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ हुने भएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट स्थानीय तह गोल्डकप सुरु हुने जनाएको हो ।
बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक प्रताप विष्टले खेलमा देशका १० वटा क्लबहरुले सहभागिता रहने बताएका छन् । उनले खेल नकआउटको आधारमा खेलाईने प्रतियोगितामा विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्ने बताए ।
उनले विधागत पुरस्कारमा जनही २५ हजार नगद सहित सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टको तर्फबाट बुलेट बाइक प्राप्त गर्ने बताए ।
हेटौंडाको पिप्ले क्याम्पा खेल मैदानमा हुने प्रतियोगितामा दर्शकका लागि एक सय, दुई सय र दुई सय पचास टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ । खेलमा एक करोड ७० लाख आम्दानी हुने र करिब एक करोड १५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्