२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नीति तथा कार्यक्रममाथिको छलफल : सांसदहरूको जोड आत्मनिर्भर अर्थतन्त्रमा


65
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् ।

उनीहरूले आर्थिक वृद्धि गर्ने कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । मुलुक कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेकाले उत्पादनमा जोड दिन सांसदहरूको माग छ ।

सांसद हृदयेश त्रिपाठीले नागरिकता विधेयक सहमतिका आधारमा पारित गर्ने कुरा ल्याएर सरकारपछि हट्न खोजेको आरोप लगाउनुभयो ।

सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा नीति तथा कार्यक्रममा समावेश बुँदामा संशोधन प्रस्ताव पेश गर्दै त्यसमा मेलम्ची क्षेत्रको आवाज नबोलेको बताउनुभयो ।

सांसद भीमबहादुर रावलले स्वदेशी कच्चापदार्थको आधारमा उद्योगको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विषादीको परीक्षण नगरी विदेशबाट खाद्यवस्तुको आयात गरिने छैन भनेर संशोधन गर्नुपर्ने माग राख्नुभयो ।

सांसद खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माणमा जोड दिन सरकारलाई आग्रह गर्नुभयो । हरेक पालिकालाई पूँजी निर्माणको स्रोत बनाउन सकिने उहाँको भनाइ छ ।

सांसद दुर्गा पौडेलले प्रादेशिक संरचनाले अनुत्पादक क्षेत्रमा ठूलो बजेट गएकाले विकासमा दिने बजेटसमेत कुण्ठित भएको भन्दै त्यस्ता संरचना खाजेर गर्न माग गर्नुभयो ।

सांसद प्रेम सुवालले कालापानीमा तैनाथ भारतीय सेना तथा दार्चुलामा अतिक्रमण गरी बनाइएको तटबन्ध हटाउनेसम्बन्धी ब्यहोरा राख्न सूचना पेश गर्नुभएको छ ।