
बैतडी । बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालन गर्न माग गरिएको छ ।
बिहीबार नेपाल विद्यार्थी संघले नगरप्रमुख पुष्करराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै नगर बस सञ्चालनको माग गरिएको हो ।
नेपाल विद्यार्थी संघ दनपा समन्वय समितिले बुझाएको ज्ञापनपत्रमा सर्वसाधारण नागरिक समस्यामा परेकोले नगर बस सञ्चालनको माग गरेको हो ।
नगर बस सञ्चालन नहुँदा यातायात व्यवसायीहरुले सर्वसाधारण बाध्यतामा रहेका उल्लेख गरिएको छ । नगरपालिकाको पहिलो बजेटबाटै नगर बस सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको नेपाल विद्यार्थी संघ दनपा समन्वय समिति संयोजक अमर टेरले बताउनुभयो ।
यस्तै पेट्रोल पम्प सञ्चालन र अटोरिक्सा सञ्चालनको माग समेत गरिएको छ । यसअघि पनि पटकपटक माग गरेका भएपनि माग सम्बोधन नभएका र अहिलेका नयाँ जनप्रतिनिधिको ध्यानाकर्षण गराएको हो ।
आफ्ना मागहरु सम्बोधन नभए संघर्षका कार्यक्रम अघि बढाउने समितिले जनाएको छ ।
ज्ञापनपत्र बुझ्दैं नगरप्रमुख जोशीले नेविसंघले राखेका मागहरु सकारात्मक रहेकोले सम्वोधन गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्