२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्लीस्कोभा र हालेप पराजित


130
Shares

काठमाडौं । चेक गणतन्त्रकी खेलाडी क्यारोलिन प्लीस्कोभा फ्रेन्च ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छिन् ।

फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा भएको दोस्रो चरणको खेलमा प्लीस्कोभालाई फ्रेन्च वाइल्डकार्ड लियोलिया जाजियाले सोझो सेटमा हराईन् । प्लीस्कोभा विरुद्धको खेल जाजियाले ६–२ र ६–२ को सोझो सेटमा जितिन् ।

फ्रेन्च ओपन दोस्रो चरणको अर्को खेलमा रोमानियाकी सिमोना हालेप पनि पराजित भईन् । हालेपलाई चिनकी झेङ क्वीनवेनले २–६, ६–२ र ६–१ ले हराएकी हुन् ।

पुरुषतर्फ रुसका डानिल मेद्बेदेभ, ग्रिसका स्टेफानोस सित्सीपास र क्रोएसियाका मारिन सिलिच तेस्रो चरणमा प्रवेश गरेका छन् ।