८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अर्घाखाँचीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु


312
Shares

अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

गुल्मी घर भई मावली घर सन्धिखर्क नगरपालिका–४ वाङला अमलडाँडामा बस्दै आएका ७ वर्षीय बालक सम्राट नेपालीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

स्थानीय भगवती आधारभुत विद्यालयमा कक्षा २ मा अध्यनरत नेपाली स्कुलबाट फर्किएर खाजा खाएर घरको आँगनमा खेलिरहँदा बिहीबार साँझ चितुवाले आक्रमण गरेर लगेको हो ।

आक्रमण गरेलगत्तै स्थानीय र प्रहरीले खोजतलास गर्ने क्रममा घरबाट करिब एक किलोमिटर टाढा जंगलमा बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।