
काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रश्तुत गर्नुभइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्