
स्याङ्जा । जिल्लाको भीरकोट नगरपालिकामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक किशोरी घाइते भएकी छन् ।
प्याराग्लाइडिङ सिक्ने क्रममा भएको दुर्घटनामा परी भीरकोट–८ स्वरेकमैदानकी १९ वर्षीय लक्ष्मी अर्याल घाइते भएकी हुन् ।
घाइते अर्याललाई उद्धार गरी हेलिकप्टर मार्फत पोखरा स्थित मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
घाइते अर्यालको टाउको र खुट्टामा चोट लागेको प्रहरीको भनाइ छ । हाल उनी खतरामुक्त रहेकी छन् ।
प्रतिक्रिया दिनुहोस्