
एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यन खानले अदालतबाट क्लीन चिट पाएका छन् ।
एनडीपीएस अदालतमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले शुक्रबार अदालतमा आरोप पत्र दर्ता गरेको थियो ।
आरोप पत्रमा आर्यन खानको नाम समावेश नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आर्यनसँगै क्रुज ड्रग्स मुद्दा लागेका मुनमुन धामेचा र अरबाज मार्चेन्टलाई अदालतले क्लीन चिट दिएको छैन ।
आरोप पत्रमा आर्यन खानसँगै अन्य ५ जनाका विरुद्ध कुनै पनि सबुत नभेटिएको र बाँकी १४ जनाविरुद्ध मुद्दा दर्ता भएको समाचारमा उल्लेख छ ।
‘ड्रग अन क्रुज’ मामिलामा शुक्रबार ६ हजार पानाको आरोप पत्र दर्ता गरिएको थियो ।
आर्यनलाई सन् २०२१ अक्टोबर २ मा क्रुज ड्रग्स मुद्दामा पक्राउ गरिएको थियो । अनुसन्धानपछि ६ नोभेम्बरमा उनलाई जमानत दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्