१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रेस युनियन पाल्पाले आश्रममा मनायो स्थापना दिवस


117
Shares

काठमाडौं । नेपाल प्रेस युनियन पाल्पामा आवद्ध क्रियाशिल पत्रकारहरु तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेका छन् ।

आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिसँग बसेर युनियनले आफ्नो ३१ औं स्थापना दिवस मनाएको हो ।

श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणका लागि २०४८ जेठ १३ गते स्थापना भएको युनियनले असहाय, बेसहारा, वृद्धहरुसँग माया र सद्भाव साट्ने उद्देश्यले आश्रममै पुगेर स्थापना दिवस मनाइएको जनाएको छ ।

राजनीतिक दलहरुसँगै पुगेको पत्रकारको टोलीले त्यहाँ रहेका २५ जना असहाय, बेसहारा, वृद्धवृद्धाहरुलाई फलफूल समेत बाँडे । पत्रकारसँगै आश्रममा पुगेका कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारले असहाय, बेसहारा, वृद्धवृद्धाप्रति देखाएको सद्भाव प्रशसनिय रहेको बताउनुभयो ।

उहाँले लोकतन्त्र स्थापनामा पत्रकारहरुले खेलेको भूमिकाको स्मरण गर्दै कांग्रेसले पत्रकारहरुको पेशागत सुरक्षामा विशेष ध्यान दिने बताउनुभयो ।