
काभ्रे । पाँचखाल नगरपालिकाका खेतबारीमा विषादी छर्न ड्रोनको परीक्षण गरिएको छ ।
पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ती कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनबाट औषधी, निमजन्य विषाधी, मल लगायत घुनलशिल पदार्थ छर्न परीक्षण गरेको हो ।
१६ लिटर क्षमताको ड्रोनले एक पटकमा १६ रोपनी जग्गामा विषादी छर्ने मुक्ती कृषि कम्पनीका प्राविधिक सागर पाण्डेले जानकारी दिनुभयो ।
यसलाई ‘अटोमेटिक’ रुपमा पनि सञ्चालन गर्न सकिने तथा नियन्त्रणमा राखेर पनि सञ्चालन गर्न सकिने पाण्डेले बताउनुभयो । उहाँका अनुसार सेन्सर सहितको यो ड्रोनलाई रुख, तारहरु भएपनि असर पर्दैन । अटोमेटिक राख्दा पहिलानै चार किल्ला सेट गर्ने र त्यहि अनुसार मात्र निमजन्य विषाधि छर्नुपर्छ भने आफैले रिमोटबाट चलाउँदा ८ किलामिटरको दुरी सम्म विषाधि छर्न सकिने पाण्डेले जानकारी दिनुभएको छ ।
स्थानीय कृषक सरस्वती दाहाल अधिकारीले व्यक्तिले पम्प बोकेर विषादी छर्नुपर्ने अवस्था रहेकाले नयाँ प्रविधि प्रयोग गर्दा समयको बचत, कम कामदार र पैसा पनि थोरै पर्ने भएकोले सहजीकरणको लागि नगरपालिकाकालाई अनुरोध गर्नुभएको छ ।
परीक्षणको अनुगमन गर्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले कृषिलाई यान्त्रीकरण गर्दै लैजाने प्रयास स्वरुप परीक्षणको रुपमा ड्रोनबाट औषधी, निमजन्य विषाधि र मल छर्कने कार्यको परीक्षण गरिएको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्