१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कान्तिपुर हाफ म्याराथन जेठ २१ गते हुने


91
Shares

काठमाडौं । १०औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ ।

कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो ।

प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पाेरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले जानकारी गराएका छन् ।

हाफ म्याराथनको महिला पुरुष विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रोले ३० हजार पुरस्कार पाउने छन ।

चौंथोले २० हजार र पाँचौंले १० हजार पाउँदा कर्पोरेट लगायतका विजेतालाई समेत विभिन्न प्याकेज उपलब्ध गराईने आयोजकले जनाएका छन् ।