२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आज आर्थिक सर्वेक्षण पेश गरिंदै


286
Shares

काठमाडौं । प्रतिनिधिसभाको आज शनिबारको बैठकमा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरिंदैछ ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ ।

संसदमा शुक्रबार नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेश हुन पाएन ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ ।

आइतबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्षको बजेट पेश गर्नुहुनेछ । प्रत्येक वर्ष जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि, समग्र आर्थिक स्थिति एवं महत्पूर्ण आर्थिक सूचकका विश्लेषण समावेश गरिएको हुन्छ ।

चालु आर्थिक बर्ष ५ दशमलब ८४ प्रतिशत आर्थिक बृद्धि हासिल हुने केन्द्रीय तथ्यांक विभागले यस अघिनै प्रक्षेपण गरिसकेको छ । अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कायमै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।