
काठमाडौं । नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले संसदमा ल्याएको नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन रहेको टिप्पणी गर्नु भएको छ ।
शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संसदमा छलफल गरेर संसदको समय मात्रै बर्बाद भएको बताउनुभयो ।
देशको अर्थतन्त्र संकटमा रहेको बेलामा नीति तथा कार्यक्रम त्यसतर्फ बेखबर रहेको उहाँको भनाइ छ ।
हावादारी कार्यक्रमलाई अगाडि सारेर चुनाव लक्षित कार्यक्रम मात्र अघि सारेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्