
एजेन्सी । रुसी सेनाले पूर्वी युक्रेनको रणनीतिक शहर लिमन कब्जा गरेको दाबी गरेको छ ।
रुसी सेनाले एक विज्ञप्ति जारी गर्दै डोनेट्स्क जन गणतन्त्रको मिलिशिया र रुसी सशस्त्र सेनाको एकाइहरूको संयुक्त कारबाहीपछि, लिमान सहरलाई युक्रेनी राष्ट्रवादीहरूबाट पूर्ण रूपमा मुक्त गरिएको दाबी गरेको हो ।
लिमनमा शुक्रबार रूसी आक्रमणको क्रममा ८ वर्षीया बालिकाको मृत्यु भएको थियो । यसैबीच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले डोनबासको अवस्था धेरै कठिन भएको बताएका छन् ।
रुसी सेनाले थप क्षेत्र कब्जा गरेपछि अवस्था कठिन बनेको जेलेन्स्कीले बताए । रसियाले यस क्षेत्रमा नियन्त्रण जमाउन अधिकतम गोलाबारी र सेनाहरू केन्द्रित गरिरहेको उहाँको भनाइ छ ।
यसैबीच रुसी सेनाले घेरेपछि युक्रेनी सेना पूर्वी सहर सेभेरोडोनेत्स्कबाट पनि फिर्ता हुन सक्ने बताइएको छ । लुहान्स्कका गभर्नर सेर्ही हाइडाइले हाल पूर्वी क्षेत्रमा १० हजार रुसी सेना रहेको बताएका छन् ।
युक्रेनले अमेरिकालाई लामो दुरी मार हान्न सक्ने हतियार दिन आग्रह गरिरहेको छ । तर, अमेरिकाले भने अन्तिम निर्णयमा नपुगको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्