१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विमानस्थल बनाउन रोक लगाएकोमा वातावरणप्रेमीहरू खुसी


494
Shares

काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएका वातावरणप्रेमीहरूले खुसी व्यक्त गरेका छन् ।

उनीहरूले सर्वोच्चको आदेशले पर्यावरण संरक्षणमा सहयोग पुगेको भन्दै बाराको निजगढमा र्‍याली निकालेका छन् ।

बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो ।

अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारलाई भनेको छ ।

यसैबीच सर्वोच्चको आदेशको विरोधमा माइतीघर मण्डलामा निजगढवासीले आजै विरोध कार्यक्रमको आयोजना गरेका थिए ।