
web pic
काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–१० भाउन्नेमा को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि बसेका २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीकाे अनुमान रहेकाे छ।
प्रतिक्रिया दिनुहोस्