
काठमाडौं । युक्रेनसँग सिधै वार्ता गर्न रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई युरोपली नेताहरूले दवाब दिएका छन् ।
रुस र युक्रेनबीचको युद्ध चौथो महिनामा प्रवेश गरिरहदा जर्मनी र फ्रान्सले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न दवाब दिएका हुन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनसँग टेलिफोन वार्तागरि युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्ताका लागि आग्रह गरेका हुुन् ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने यसअघि नै युद्धविरामका लागि रुससँग वार्ता गर्न तयार रहेको बताउनुभएको थियो । पुटिनसँगको टेलिफोन वार्ताकै क्रममा ती नेताहरूले रुसी सेनाले युक्रेनको मारियुपोलको स्टील कारखानाबाट नियन्त्रणमा लिएका झण्डै २५ सय युद्धबन्दीहरूको तत्काल रिहा गर्न पनि आग्रह गरेका छन् । यता रुसी राष्ट्रपति पुटिनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्ने बारे कुनै प्रतिक्रिया नदिए पनि युक्रेनी बन्दरगाहरूमा अड्किएको खाद्यान्न ढुवानी गर्ने उपाय अबलम्बन गर्न रुस तयार रहेको जनाउनुभएको छ ।
यद्दपी यसका लागि रुसमाथि पश्चिमा राष्ट्रहरूले लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने शर्त अघि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्