
काठमाडौं ।ब्राजिलमा भारी वर्षापछि आएको बाढी र पहिरोमापरि ३१ जना मानिसको मृत्यु भएको छ ।
ब्राजिलको अलागोस राज्य बाढी पहिरोका कारण प्रभावित भएको हाे । ब्राजिलका ३३ वटा नगरपालिकामा आपतकाल घोषणा गरिएको छ । अलागोस राज्यमा मात्रै १ हजार जना मानिस घरबारबिहीन भएका छन्। ३२ हजारको बसोबास रहेको सो राज्यमा नदीको बहाव बढेर बस्तीमा प्रवेश गर्नुका साथै कच्ची र पक्की घरहरू पहिरोेले पुरिएका छन् ।
घरबिहीनहरूलाई सिफे शहरको एक विद्यालयमा स्थानान्तरण गरिएको छ। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले बाढी पहिरो प्रभावितहरूको उद्धारका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
बाढीबाट सडक र हवाई यातायात समेत प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्